काठमाडौं । सरकारले पुल्चकस्थिति मन्त्री क्वार्टरमा सर्वोच्च अदालतका न्यायाधीशलाई राख्ने भएको छ । हालको मन्त्रिक्वार्टर भैंसेपाटीको नयाँ भवनमा सर्ने भएसँगै उक्त मन्त्री क्वार्टरमा सर्वोच्चका न्यायाधीशलाई राख्ने तयारीमा सरकार जुटेको छ .
सरकारले अब सर्वोच्च अदालतका सबै न्यायाधीशलाई क्वार्टरको सुविधासँगै व्यवस्थापनमा लाग्ने सबै खर्चसमेत बेहोर्ने भएको छ। पुल्चोकस्थित मन्त्री क्वार्टरमा बसेका मन्त्रीहरूलाई भैंसेपाटीमा बनेको नयाँ मन्त्री क्वार्टरमा सार्ने तयारीससते भइरहेको छ । त्यसपछि सर्वोच्चका न्यायाधीशहरूलाई पुरानो मन्त्री क्वार्टरमा राख्ने निर्णय सरकारले गरेको गरिसकेको छ ।
भैंसेपाटीमा मन्त्री क्वार्टर सार्नेबित्तिकै पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई ‘न्यायाधीश क्वार्टर’ बनाई सर्वोच्चका सबै न्यायाधीशलाई लाने निर्णय सरकारले गरेको हो ।
‘मन्त्री क्वार्टर भैंसेपाटीमा सरेपछि पुल्चोकका भवनहरू खाली हुनेछन्। ती भवनमा सर्वोच्चका न्यायाधीशहरूलाई लाने निर्णय मन्त्रिपरिषद्ले २०८० सालमै गरिसकेको छ, सो निर्णयलाई अब कार्यान्वयमा मात्रै गर्न बाँकी छ ।
विशेष भवन आयोजनाका आयोजना प्रमुख तथा सहरी विकास तथा भवन निर्माण विभागका अनुसार यही असार मसान्तसम्म पुल्चोकको मन्त्री क्वार्टरलाई भैंसेपाटी सार्ने निर्णय भएको छ । अहिले भैंसपाटीमा मन्त्री क्वार्टर बनाउने काम ९५ प्रतिशतभन्दा बढी भइसकेको छ।
सहरी विकास मन्त्रालयमातहत रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापनका कार्यालयका एक कर्मचारीका अनुसार हाल पुल्चोकस्थित मन्त्री क्वार्टरमा नअटाएका तीन मन्त्रीलाई तत्कालै भैंसेपाटीमा सार्ने सचिवालयको योजना छ।
त्यसपछि असारसम्म सबै मन्त्रीलाई पुल्चोकमा लगिने छ। केही दिनअघि स्वास्थ्यमन्त्रीमा नियुक्त प्रदीप यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खान र वनमन्त्री नवलकिशोर साह हाल मन्त्री क्वार्टरमा छैनन्।
उनीहरूका लागि क्वार्टरमा भवन नपुगेकाले बाहिरै बस्ने गरेका हुन्। हाल पुल्चोकस्थित मन्त्री क्वार्टरमा १९ वटा मात्र भवन छन्। त्यसैले सबै मन्त्री पुल्चोकमा अटाउने अवस्था छैन।
सर्वोच्चमा दरबन्दी भएका प्रधानन्यायधीशसहित २१ जना न्यायाधीशमध्ये प्रधानन्यायाधीशका लागि बालुवाटारमा निवास छँदैछ।
दरबन्दीअनुसार सबै न्यायधीश नियुक्त भए पनि २० न्यायाधीशलाई पुल्चोकमा लगिनेछ। बाँकी एक जना न्यायाधीशका लागि पुल्चोकमै एउटा भवन थपिनेछ। त्यसमा एउटा भवन बनाउने काम भइरहेको छ। पुल्चोकमा रहेको मन्त्री क्वार्टर ७२ रोपनी जग्गामा फैलिएको छ। त्यहाँको सञ्चालन र व्यवस्थापनको सबै खर्च सरकारले नै बेहोर्दै आएको छ।