हेटौंडा । बागमतीमा प्रदेशमा नयाँ सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरिएको छ । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई आइतबार नै राजीनामा बुझाएका थिए ।