काठमाडौँ l प्रहरीले भन्सार छलेर भित्र्याइएको एक लाख बढीको मालसामान बरामद गरेको छ । भीमदत्त नगरपालिका-६, ऐठपुर क्षेत्रबाट शुक्रबार १ लाख २९ हजार बराबरको सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार भारतबाट अवैध रुपमा भित्र्याइएका पाइप, प्लाष्टिक डोरी, कपडा र साइकलका ट्यूव रहेका छन् । बरामद गरिएको सामान गड्डाचौकी भन्सार कार्यालय बुझाइएको उनले बताए ।