भ्रष्टाचार मुद्दामा देवाही गोनाहीका पूर्व मेयर पटेललाई सफाइ

रौतहट l घुसको रकमसहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोक पटेलले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेषका न्यायाधीशत्रय तेजनारायण सिंह, खुशी प्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्दामा शुक्रबार सफाइ दिएको हो ।

वडा कार्यालय भवन निर्माणको भुक्तानीमा तत्कालीन मेयर पटेलले दुई लाख नगद र उपभोक्ता समितिको नामको साढे दुई लाख रुपैयाँको चेकसहित २०७८ फागुन १५ गते नगरपालिकाको कार्यकक्षबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका डिएसपी पुष्पमल्ल ठकुरीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको थियो ।

वडा नम्बर १ का तत्कालीन वडाअध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले तत्कालीन मेयर पटेल र उनका स्वकीय सचिव अशोक लगायत चार जनालाई पक्राउ गरेको थियो । पक्राउपछि मेयर पटेल निलम्बनमा परेका थिए ।

देवाही गोनाही-१ करुनिया स्थित वडा कार्यालयको भवन निर्माणको काम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा मेयर पटेलले उपभोक्ता समितिसँग ५ लाख रूपैयाँ घुस मागेको तत्कालीन वडाअध्यक्ष शेख नुरुल्लाहको आरोप थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज