सूर्यदर्शन सहकारीपीडितले लामिछाने र पुनविरुद्ध दिए निवेदन, प्रहरीले सुरू गर्‍यो अनुसन्धान

कास्की । सूर्यदर्शन बचतपीडित संघर्ष समितिले सोमबार रास्वपा सभापति रवि लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन र अन्य १५ कम्पनीविरुद्ध कास्की प्रहरीमा निवेदन दिएका छन् ।

उक्त निवेदनलाई सूचना मानेर त्यसमा उल्लेख भएका नाममाथि अनुसन्धान सुरू गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए । सहकारी प्रकरणमा पहिले नै जाहेरी दर्ता भएकाले सोमबार पूरक  निवेदन आएको कास्की प्रहरीको भनाइ छ ।

पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको छ। पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको पोखरा महानगरपालिकाको अध्ययन समितिले निष्कर्ष निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज