एआई नियमन गर्न विधेयक ल्याइँदै

काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विविध पक्ष समेट्ने गरी एक अवधारणापत्र तर्जुमाको काम अघि बढाउनुका साथै एआईको विकास र सुरक्षित प्रयोगको समेत व्यवस्था गरी सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक तयार पारेको छ।

यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले एआईसम्बन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ र डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्ने गरी अगाडि बढाइने घोषणा गरेका छन्। एआई नियमनका लागि विकसित र अन्य देशले आ–आफ्नै हिसाबले प्रयास गरिरहँदा एआईसम्बन्धी विषयहरूको सम्बोधन र सरकारी तत्परतामा भने नेपाल दक्षिण एसियामै सबैभन्दा कमजोर रहेको युनेस्कोको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयको सूचना प्रविधि महाशाखाले एआईको अवधारणापत्रको मस्यौदा तयार गरिरहेको सचिव सुवेदीले जानकारी दिए । यससँगै मन्त्रालयले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा पनि एआईको प्रयोगसम्बन्धी प्रावधान समावेश गरेको छ । आन्तरिक छलफलकै क्रममा रहेको विधेयकको दफा ७९ मा आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, ब्लकचेन, इन्टरनेट अफ थिङ्सलगायतका नवीनतम प्रविधिको मर्यादित, पारदर्शी, जवाफदेही र सुरक्षित प्रयोग गर्नुपर्ने उल्लेख छ ।

एआईलगायत नवीनतम प्रविधिसम्बन्धी तालिम, अध्ययन तथा अनुसन्धान र यस क्षेत्रसँग सम्बन्धित जनशक्तिको दक्षता अभिवृद्धि गर्न मन्त्रालयअन्तर्गत राष्ट्रियस्तरको सूचना प्रविधि तालिम केन्द्र स्थापना गर्ने विधेयकमा प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज