‘फैसला लेखन : समस्या र समाधान’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको ‘फैसला लेखन : समस्या र समाधान’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश कमलप्रसाद पोखरेल, न्यायाधीशद्वय रामप्रसाद शर्मा र गायत्रीप्रसाद रेग्मी तथा काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्मा, सूचना अधिकृत सिपी पन्थीको उपस्थिति थियो ।

कार्यक्रममा काजिअ बारका पूर्व उपाध्यक्ष मदन रेग्मी, पूर्व सचिव पुष्पराम पौडेल, पूर्व सचिव रामचन्द्र कार्की, निवर्तमान सचिव दमन बहादुर चन्द, निवर्तमान कोषाध्यक्ष विश्वास आचार्य, नेपाल बार एशोसिएशन कार्यसमितिका पूर्व सदस्य श्यामकुमार विश्वकर्मा, अधिवक्ताहरू कमल कोइराला, बोधबिक्रम थापा, राजु शाक्य, निर्मला उप्रेती संग्रौला, निरुजा चापागाईँ, विष्णु अर्याल, सुनिल कुमार यादव, शर्मिला अधिकारी लगायतले फैसला लेखन तथा तयार गर्न भएको ढिलाई र सोबाट सिर्जित समस्याका बारेमा आफ्ना धारणा राखेका थिए । साथै उनीहरुले अदालतका न्यायाधीश तथा अदालत प्रशासनलाई फैसला चाँडै तयार गर्न तथा सेवाग्राहीका समस्यामा संवेदनशील हुन समेत आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा न्यायाधीशहरुले फैसला लेखन तथा तयार गर्नमा समस्या भएकोमा विवाद नभएको तर आगामी दिनमा फैसला तयार गर्दा चाँडो गर्न हरप्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष पौडेल (आरसी बिमल)ले अदालतलाई प्रविधि मैत्री बनाई दक्ष कर्मचारीको व्यवस्थापन गरी फैसला चाँडो तयार गर्न र सेवाग्राहीलाई सेवा प्राप्त गरेको अनुभूति हुने किसिमले काम गर्न अदालतका न्यायाधीश तथा अदालत प्रशासन अग्रसर हुनुपर्ने बताए ।

काजिअ बारका उपाध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम अधिकारीले फैसला लेखन तथा तयार गर्दा भएका ढिलाईले सेवाग्राहीहरु मर्कामा परेको हुँदा कानुन व्यवसायी र अदालतका माननीय न्यायाधीश एवं अदालत प्रशासनबीच छलफल तथा अन्तरक्रियाको माध्यममार्फत समस्या समाधान गर्न यो कार्यक्रम गरिएको र सहभागीहरुलाई फैसला लेखन तथा तयार गर्न भएका ढिलाई लगायतका समस्या र समाधान निम्ति सुझाव दिन आग्रह गर्दै छिटो फैसला लेखन तथा तयार गर्ने कामको लागि बारले निरन्तर फलोअप गर्ने बताए ।

कार्यक्रम सञ्चालन काजिअ बार कार्यसमितिकी सहसचिव एवं महिला समिति अध्यक्ष अञ्जु रेग्मी अर्यालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज