राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गतेलाई तोकेकी हुन् । उनले निर्वाचन कार्यक्रम म्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिवलाई निर्देशन समेत दिइन् ।

‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु । साथै नियमावली बमोजिम संघीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु,’ उनले भनिन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।

नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउने सहमति भएको छ ।

त्यसैगरी, आजको बैठकले राष्ट्रियसभाको यही फागुन १८ गतेको बैठकमा सांसद भुवनबहादुर सुनारले राष्ट्रियसभाको दोस्रो संशोधन नियमावली २०८० माथिको छलफलमा भाग लिने क्रममा प्रयोग भएको ‘स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भन्ने जस्तै कम्युनिष्टका नाम बोकेको मानिसको चरित्र उदाङ्गो भयो’, भन्ने वाक्यांशप्रति सभाका सदस्य उदयबहादुर बोहराबाट नियमापत्ति भएको सन्दर्भमा उक्त वाक्याङ्श राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ बमोजिम असान्दर्भिक देखिएको हुँदा संसदको रेकर्डबाट हटाउन निर्देशन दिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित विधेयकका सिद्धान्त प्राथमिकतामाथि छलफल हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज