काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्तावको पेश गरेका थिए । प्रधानमन्त्री दाहालले पेश गरेको प्रतावको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादीका १५७ सांसदले विश्वासको मत दिएका हुन्।
प्रधानमन्त्री दाहालले १५ महिनाको अवधिमा तेस्रो पटक विश्वासको मत पाएका हुन। प्रतिनिधिसभामा उपस्थित २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिएका थिए भने नेपाली कांग्रेस, जनमत, लोसपा र राष्ट्रिय जनमोर्चाका ११० जना सांसदले विपक्षमा मत दिएका थिए । एक जना सांसदले मत दिएनन तथष्ट बसे ।
प्रधाानमन्त्री दाहाल पहिलोपटक एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । दोश्रोपटक २०७९ चैत ६ मा प्रतिनिधिसभाबाट उनले विश्वासको मत लिएका थिए ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर फागुन २१ गते नेकपा एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्रीले तेश्रो पटक फेरि विश्वासको मत लिएका हुन् ।