काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले ४ दिन थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा आरोपित महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौ ल्याएको थियो । प्रहरीले महरालाई थप अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगेको थियो ।