होली पर्व मनाइँदै, राष्ट्रप्रमुखदेखि उच्च पदस्थसम्मले दिए शुभकामना

काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली मनाइदैछ । पहाडी जिल्लाहरूमा आज र तराईका भोलि होली पर्व मनाइदै छ ।
होली पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस्तो विदा पनि पहाडी जिल्लहरुमा आज र तराईका जिल्लामा भोलि होली विदा दिइएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो ।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरकफरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।
होली पर्वको अवसरमा राष्ट्रप्रमुदेखि उच्च पदस्थ राजनीतिक नेतृत्वले शुभकामना दिएका छन । रंगहरुको पर्व खुलेर मनाउन र सद्भाव कायम गरी मनाउन राष्ट्रहरुले सुझावसहितको सुभकामना दिएका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज