काठमाडौं । तामाकोसी गाउँपालिका ३ का सञ्जीव सार्कीको हत्याको अभियोग लागेका व्यक्तिहरूलाई ५ लाख र ३ लाख धरौटीमा छाड्ने आदेश दिने न्यायाधीशद्वय श्यामजी प्रधान तथा कृष्णराम कोइरालामाथि छानबिनको माग गर्दै पीडितका परिवारले गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
गत २०८० मंसिर १६ गते तामाकोसी गाउँपालिकाको वडा नं ३ स्थित जम्बोटे जङ्गलमा भरुवा बन्दुकको गोली लागेर सार्कीको मृत्यु भएको परिवारको दावी छ । पीडित परिवारका सदस्यले स्थानीय माधव पोखरेल, सञ्जीव पोखरेल, अविदित कार्की, रचेश मङ्ग्राती र २ जना नाबालक उक्त घटनामा संलग्न रहेको किटानी जाहेरी दिएका थिए ।
प्रहरीले उनीहरूलाई पक्राउ गरि बयान लिएर सार्कीको हत्या अभियोगमा दोलखा जिल्ला अदालतमा मुद्दा चलाएको थियो । जिल्ला अदालतले प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधान तथा न्यायाधीश कृष्णराम कोइरालाले पीडितलाई न्याय दिनुको सट्टा आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दिएको भन्दै उनीहरूको कार्यशैली शंकास्पद रहेको हुँदा मुद्दाको मिसिल वा कैफियत प्रतिवेदन समेत झिकाई संलग्न न्यायाधीशद्वयलाई बर्खास्त गर्न समेत माग गरेका छन् ।
यसअघि मृतकका परिवारले घटनाको पुन छानबिन गर्न र धरौटीमा छाड्ने आदेश दिने न्यायाधीशद्वय श्यामजी प्रधान तथा कृष्णराम कोइरालामाथि छानबिनको माग गर्दै न्यायपरिषद्मा समेत उजुरी गरिसकेका छन् ।
हेर्नुस् यस्तो छ पीडितको उजुरी: