दुर्गा प्रसाईंको मुद्दाको फैसला आज हुँदै, पाउलान प्रसाईंले न्याय ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजको मुद्दाको फैसला आज हुने भएको छ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजको विषयमा दायर मुद्दाको फैसला आज सोमबार हुने गरी गत ६ चैतमा भएको सुनवाइले आजलाई फैसला सुनाउने मिति तोकेको हो ।

६ चैतमा न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले सुनुवाइ सकेको भएपनि निर्णय भने सुनाएका थिएनन् । यस मुद्दाको निर्णय आज सुनाउने भएको छ ।

झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट दायर गरेका थिए।

सोही वर्ष असोजमा प्रसाईंले सरकारविरुद्ध फेरि रिट दायर गरेका थिए। उनको दुबै रिटलाई लगाउमा राखेर अदालतले सुनुवाई गरेको हो ।

रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्चमा अर्को रिट दिएका थिए। तीन वटै मुद्दा एउटै प्रकृति र व्यक्तिसम्बन्धिको भएको हुँदा सर्वोच्चले एकैसाथ हेरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज