कस्ताे थियाे हाेला पाँच हजार वर्षअघिको हिन्दु न्याय प्रणाली ? नेपालमा कानून र न्याय क्षेत्रकाे विस्तारै विस्तारै शुरुवात हुँदै गर्दा र याे क्षेत्रमा रुची राख्नेले थप खाेजि गरे अध्ययन गर्नुपर्ने रहेछ ।
१. मूलत: म कानुन र न्याय क्षेत्रको क ख ग पनि जान्दिन
कुनै समय अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय संगठनहरुका बारे पढ्नु पर्ने भएकोले त्यसको छिपछिपे ज्ञान थियो ऐले बिर्सियो
२. तर त्रेतायुगका महर्षि गौत्तम रचित न्याय दर्शन/ न्याय सूत्रहरू सरसर्ती हेर्दा त्यो समयमा न्याय र कानुनको सवाललाई कति सूक्ष्म ढङ्गले विस्तारमा हेरिदो रहेछ भन्ने अलि अलि बुझियो ।
नेपालमा कानुन पढाई हुने कलेजहरूमा उक्त न्यायदर्शन पढाइन्छ / पढाइन्न थाहा छैन तर उक्त पुस्तक न्याय र कानुनका क्षेत्रका विद्यार्थीहरू,प्रहरी र प्रशासनका अधिकारीहरूलाई धेरै उपयोगी हुने लाग्यो । म कानुनको विषयमा केही पनि नजान्ने भएकोले मलाई त्यस्तो लागेको पनि हुन सक्छ ।
वाल्मिकी र अन्य संस्कृत क्याम्पस /कलेजहरूमा न्याय दर्शन पढ्ने एकाध विद्यार्थी होलान् तर न्याय र कानुन सम्बन्धी आजका विषयहरू ती विद्यार्थीहरूलाई पढाइन्छ /पढाइन्न थाहा भएन ।
त्यसो नभए न्याय दर्शनका मर्म र मान्यताहरूले हाम्रो न्याय प्रणालीमा प्रवेश गर्ने सम्भावना रहेन । पाठ्पुस्तकमा नरहेपनि आफ्नै व्यक्तिगत ज्ञान , जानकारी र न्याय सम्वन्धी विभिन्न विषयहरूमा अभियोजन , फैसला -निर्णय आदिमा उक्त पुस्तकको अध्ययन आवश्यक हो कि !
४. स्मरणीय रहोस महर्षि गौत्तमका पिता महर्षि दिर्घतमाले आकाशीय पिण्डहरूको गहन अध्ययन गरेर तिनको स्थितिमा ३६० डिग्रीको अन्तरसम्मको उल्लेख गरेका थिए ।
ऋग्वेदका कतिपय मन्त्रहरूका श्रष्टाको रुपमा उनको उल्लेख पाइन्छ । महर्षि गौत्तमले पनि यजुर्वेदका केही मन्त्रहरूका श्रष्टाको रूपमा रहनुभएका पाइन्छ ।
न्याय कार्य भनेको अभियोजन, प्रमाण साक्ष -साक्षी, वादी-प्रतिवादी , कानुनी व्यवस्था र फैसला मात्र रहेनछ ।
न्यायाधिकारीले मानव मनोभावनाका सूक्ष्म विश्लेषण पनिगर्नु पर्ने रहेछ न्याय भनेको एउटा दर्शन रहेछ ।
अझ दर्शनहरूको पनि दर्शन ।
महर्षि गौत्तमको न्याय दर्शनले माथिका सवै कुरा समेटेको रहेछ ।
५. जो जो न्यायिक र निर्णय गर्ने पदमा छन् , अभियोजनको र प्रतिरक्षाको दायित्वमा हुन्छन् र जसले न्याय निर्णय हुनु अघि साक्षी-सक्ष र प्रमाण बुझ्ने ,अभियोग अभियुक्त का सम्वन्धमा अन्य सान्दर्भिक अध्ययन अनुषन्धानको जिम्मेवारी पाएका हाम्रा प्रहरी, प्रशासन, न्याय र कानुन क्षेत्रका व्यक्तिहरूको लागि धेरै उपयोगी हो कि ?
(साभार: केशबप्रसाद भट्टराईकाे फेसबुकबाट)