नेपाल मध्यस्थता परिषद् (नेप्का) र एडभोकेट सोसाईटी नेपाल बीच मध्यस्थता सम्बन्धी तालिम सञ्चालन गर्न दुई पक्षीय सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा नेपाल मध्यस्थता परिषदका सभापति डा. राजेन्द्रप्रसाद अधिकारी र एडभोकेट सोसाईटी नेपालका अध्यक्ष अधिवक्ता अर्जुन प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।
दुइपक्षिय सहमति बमोजिम यही चैत्र २० देखि २४ गतेसम्म मध्यस्थता सम्बन्धी तालिम आयोजना हुने भएकाे छ । उक्त तालिममा सहभागि हुन चाहनले नाम दर्ता गर्नुपर्ने छ । तालिममा सहभागि हुन अधिक्ता अनिल आचार्य (९८५१२०७५४७)लाइ सम्पर्क गर्न सकिने छ ।