काठमाडौं । प्रदर्शनीका लागि ७ वर्ष अगाडि ल्याइएको विश्वकै ठूलो पीस मण्डला नेपालमै रोकिएको छ । सन् २०१२ मा बनेको विश्वकै एक विशाल पीस मण्डला विभिन्न देशमा प्रदर्शन गरी सन् २०१६ मा नेपाल ल्याइएको थियो ।
उक्त पीस मण्डला नेपाल जापानको ६० औं दौत्य सम्बन्धको अवसरमा नेपाल काउन्सिल फर प्रिजरभेसन अफ बुद्धिष्ट रिलिजन (एनसीपीबीआर)का अध्यक्ष सूर्यबहादुर थकालीले नेपाल ल्याएका थिए ।
उक्त मण्डला पटक पटक फिर्ता गर्न आग्रह भएको र हालसम्म यसको कुनै प्रक्रिया अगाडि नबढेकोले जापानले उच्च सरकारी निकायसमक्ष निवदेन नै दिएको छ । जापानी नागरिक यासुतादा कातागिरिले गृहमन्त्रीलाई पत्र लेखेर उक्त मण्डला फिर्ता गरिदिन आग्रह गरेका छन ।
उनी एसियन मुलुकका देशहरुमा आर्थिक अभावले शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको एनपीओ एम२१ नेटवर्कका अध्यक्ष हुन ।यो संस्थाले नै उक्त विशाल मण्डला निर्माण गरेर विश्वर भनै प्रदर्शन गर्दै आएको छ ।