काठमाडौं । विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न शिक्षा मन्त्रालयले सबै स्थानीय तह, सबै शिक्षा विकास तथा समन्वय इकाइ र सबै विद्यायलाई निर्देशन दिएको छ ।
शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना अभियान सबै बालबालिकाको विद्यालय सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यलाई आत्मसाथ गदै सबै विद्यालय उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याएर भर्ना गराउन पनि शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न पनि विभिन्न ११ बुँदे निर्देशन दिएको छ ।
यस्तो निर्देशन अनुसार सबै स्थानीय तहले विद्यार्थी भर्ना अभियान कार्यक्रमको नेतृत्व गर्नुहुन, विद्यालयले विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्नुहनु र शिक्षा विकास तथा समन्वय एकाइले विद्यार्थी भर्ना अभियान कार्यक्रममा आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने छ ।
सार्वजनिक जीवनमा रहेका व्यक्ति, कलाकार, राजनैतिक व्यक्ति, नागरिक समाज, पत्रकार, विद्यालय व्यवस्थापन समिति। शिक्षक अभिभावक सङ्घ, वालक्लव, विद्यालयको उच्चतम तहका विद्यार्थी, आमा समूह, शिक्षा क्षेत्रमा कार्यरत सङ्घरसंस्था आदिसँग हातेमालो गर्दै विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका वालवालिका, सीमान्तकृत समुदायका बालवालिका तथा अपाङ्गता भएका बालवालिकाको पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्नु गराउनु सहजीकरण गर्नुपर्ने छ ।
२०८१ वैशाख पहिलो हप्ता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गर्नुहुन र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठनका साथै घरदैलो लगायतका कार्यक्रम सञ्चालन गरी विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका सबै वालवालिका विद्यालयमा भर्नाको पहल गर्नुपर्ने छ ।
विद्यालय तहका पाठ्यपुस्तक २०८० चैत १५ गतेबाट नै विक्री वितरण सुरु भइसकेको हुँदा विद्यालयले समयमै पाठ्यपुस्तक खरिद गरी नयाँ शैक्षिक सत्रमा भनां भएका विद्यार्थीलाई वैशाख महिनाको पहिलो हप्तामै पाठ्यपुस्तक वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
विद्यालयहरुलाई आ(आफ्नो सेवा क्षेत्र भित्रका अभिभावकलाई टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल समेत्तका माध्यमबाट सूचना प्रवाह गर्न भनां गर्न लगाउने व्यवस्था मिलाउनु पर्ने छ ।
अभिभावकविहीन वालवालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता बालबालिकाको पढाइमा निरन्तर सहयोग गर्ने व्यक्तिहरूको उचित पहिचान, सम्मान अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्ने छ ।
नामुदायिक सिकाइ केन्द्रहरूलाई विद्यालय वाहिर रहेका वालवालिकाहरुको लगत सङ्कलन गर्न लगाई विद्यालयमा भर्ना गर्नका लागि समन्वय र प्रचार(प्रसार आदिमा परिचालन गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
विद्यालयहरूले विद्यालय व्यवस्थापन समितिवाट विद्यार्थी भनां अभियान कार्यक्रमको कार्यतालिका स्वीकृत गरी सोही अनुरूप विद्यार्थी भनां अभियान कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
विद्यार्थी भर्ना अभियान कार्यक्रमको सम्बन्धमा आवश्यक सूचना समन्वय र सहजीकरणका लागि स्थानीय तहमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति नीकी जिम्मेवारी प्रदान गर्न आवश्यक व्यवस्था मिलाउन्दम । माथे विद्यालय स्तरमा नमेत एक जना शिक्षकलाई विद्यार्थी भनां कार्यक्रमको सम्पर्क व्यांना ताकी सूचना सम्पर्क र समन्वयको जिम्मेवारीको व्यवस्था मिलाउनुपर्ने छ ।