संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न कामनपाको निर्देशन 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको नामाकरण नेपालीपन झल्कने गरी राख्न निर्देशन दिएको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

cसूचनामा भनिएको छ, शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । 

महानगरले ७ दिनमा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने सहित कानून बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ ।

विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ। अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधन सहित), काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज