निजामती सेवासम्बन्धी विधेयकमा त्रुटि छन्, छलफल गरौँ : महामन्त्री थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘संघीय निजामती सेवा विधेयकमा थुप्रै त्रुटिहरु रहेकोले त्यसमाथि थप छलफल गर्नु पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

विधेयकलाई सबै दलहरुले मिलेर राम्रो बनाउन पहल गर्नु पर्नेमा जोड दिँदै महामन्त्री थापाले यो वा त्यो पक्ष नभनी विधेयकलाई समितिमा लगेर छलफल गर्न सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्छ । महामन्त्री थापाले अगाडी भने, सरकारले प्रस्ताव गरेको विधेयक समस्याग्रस्त छ ।

उनले सार्वजनिक प्रशासनलाई सुधार गर्न र विधेयकलाई अन्तिम रुप दिन थुप्रै संशोधनहरु आवश्यक रहेको भन्दै थापाले त्यसका लागि क्रसपार्टी छलफलको बातावरण बनाएर अघि बढ्नुपर्ने बताए ।उनले भने, ‘कर्मचारी सेवा सम्बन्धी कानूनलाई संघीयता अनुरुप संचालन गर्नका लागि संघीय निजामती ऐन ल्याइएको छ । म यसको स्वागत गर्छु । हाम्रो प्रशासन प्रणालीलाई सुव्यवस्थित र नतिजामुखी बनाउनका लागि, पेशागत रुपमा सक्षम उच्च मनोबल र नैतिक रुपले उत्तरदायी बनाउने यसको उद्देश्य रहेको छ । उद्देश्य ठिक छ, उनले भने, तर हामीलाई मध्यम आय भएको समुन्नत देश बनाउनु पर्नेछ । हाम्रो यो आकांक्षा पूरा गर्नका लागि हाम्रो निजामती सेवालाई त्यसअनुरुप आधुनिक बनाउन अति आवश्यक छ ।

महामन्त्री थापा भने, निजामती सेवामा कस्ता व्यक्तिहरुलाई प्रवेश गराउने भन्ने विषयमा छलफल हुनु आवश्यक छ। प्राज्ञिक हिसावले काबिल, नैतिक हिसावले प्रतिवद्ध, सिक्ने चाहने नागरिकहरुलाई हामीले कसरी ल्याउने ? अहिले भएको सेवा सुविधा, मौद्रिक सेवा सुविधा मात्रै होइन, गैर मौद्रिक सेवा सुविधा यो सबै कुराहरुबाट कसरी यो सबैभन्दा आकर्षित क्षेत्र बनाउन सकिन्छ ?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज