भ्रष्टाचार मुद्दा दर्ता भएपछि जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार शाहीको पद स्वतः निलम्बनमा परेको हो । 

दुई वटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेको छ । वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ ।

शाही २०७३ सालमा पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसबाट पर्यटनमन्त्री बनेका थिए । सोही समयमा निगमले करिब २४ अर्ब रुपैयाँमा दुइटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाएको थियो। अख्तियारले निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही सहित विहीबार ३२ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०७९ मंसिर ४  गते सम्पन्न निर्वाचनमा शाही हुम्ला प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज