पर्यटन बोर्डमा कार्यकारी प्रमुख छान्ने प्रक्रिया अगाडि बढ्यो, यस्तो छ सीईओ छनोट कार्यविधि

काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने प्रक्रिया अगाडि बढाएको छ । बोर्डले दुई महिना भन्दा लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि दरखास्त आह्वान गरेसँगै प्रक्रिया अगाडि बढेको हो ।

बोर्डले सीईओ छनोट उपसमितिले शनिबार एक सूचना प्रकाशित गरेर अबको १२ दिन अर्थात २ साताभित्रै इच्छुक आवेदकबाट आवेदन माग भएको छ ।

नेपाल पर्यटन पर्यटन बोर्ड सञ्चालक सदस्य मिलन देवकोटा, मदन आचार्य र पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासहितको तीन सदस्यीय सीईओ छनोट उपसमितिले आवेदन मागेको हो ।

उपसमितिले बोर्डको कार्यकारी प्रमुख छनोटका लागि आवेदन दिन कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेर पर्यटन क्षेत्रमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ ।

बोर्डको सीईओ बन्न इच्छुक आवेदकले ७ हजार रुपैयाँ शुल्क बुझाएर बोर्डमा आवेदन दिनुपर्ने छ । आवेदन दिन चाहने व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।

सीईओ बन्न विदेशीले आवेदन दिन पाउने छैनन् भने विदेशको स्थायी बसोबास (पीआर) भएकालेसमेत दरखास्त दिन नपाउने व्यवस्था सूचनामा उल्लेख छ ।

सीईओ बन्न दरखास्त पेस गर्ने व्यक्तिको उमेर कम्तीमा ३५ वर्ष पुगेको र ६० वर्ष ननाघेको हुनुपर्नेछ । सीईओ बन्न चाहने व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित तोकिएको शर्त पूरा गरेर आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो छ बोर्डको सीईओ छनोट कार्यविध
खुला प्रतिस्पर्धाको माध्यमबाट दरखास्त आह्वान गरी नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट गर्नका लागि आवश्यक प्रक्रिया, विधि र मूल्याङ्कनका आधारहरू तोक्न आवश्यक भएकोले छनौट उपसमितिको सिफारिसमा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिले यो कार्यविधि स्वीकृत गरी लागू भएको छ ।

कार्यविधिले तोकेको आवेदन र छनौट प्रकिया

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ ९१० बमोजिम बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि सिफारिस गर्न छनौट उप समितिले देहाय बमोजिमको प्रक्रिया अवलम्बन गर्नेछः

क) कार्यकारी प्रमुखको पदमा आवेदन दिन इच्छुक उम्मेदवारहरूका लागि कम्तिमा १२ दिनको समय दिई आवेदनका लागि नेपाल पर्यटन बोर्ड नियमावली, २०५५ को नियम ८ (२) बमोजिम दरखास्त आह्वान गर्ने,

ख) उक्त अवधिभित्र कम्तिमा ५ पाँच वटा दरखास्त नपरेमा परेका दरखास्तहरू कायम राखी पुनः ३ तीन दिनको म्याद दिई सूचना आह्वान गर्ने र सो समयभित्र परेका दरखास्तहरूलाई कायम गरी मूल्यांकन प्रक्रियामा लानुपर्नेछ ।

ग) दरखास्त साथ बुँदा नं ४ मा उल्लिखित कागजातहरू पेश गर्नुपर्ने,

घ) छनौट उपसमितिले म्यादभित्र प्राप्त भएका दरखास्त उपर खण्ड (क) वा (ख) बमोजिमको समय समाप्त भएको ३ तीन दिनभित्र योग्यता पुगेका व्यक्तिहरुको सूचि तयार गर्ने,

ङ) उक्त सूचि तयार भएको ३ तीन दिनभित्र समस्या समाधानमूलक विषयमा प्रस्तुतीकरणका लागि सूचना दिने,

च) खण्ड (ङ) वमोजिम प्रस्तुतीकरण सम्पन्न भएपछि कम्तिमा ३ तीन दिनको समय दिई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि सूचना दिने

६) व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ता सकिएको बढीमा २ दिनभित्र वर्णानुक्रम अनुसार तीन जनाको नाम मध्येवाट एक जनालाई नियुक्तिका लागि कार्यकारी समिति समक्ष सिफारिस गर्ने।

आवश्यक न्यूनतम योग्यता र कार्य अनुभव

कार्यकारी प्रमुख पदमा आवेदन दिनको लागि देहायको योग्यता पुगेको हुनुपर्नेछः

क) कुनै पनि विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको र समग्र पर्यटन क्षेत्रमा क्रियाशील रही कम्तिमा दश वर्षको अनुभव प्राप्त गरेको

पैतिस वर्ष उमेर पूरा भई साठी वर्ष ननाघेको,

ग) नेपाली नागरिक,

घ) नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको,

ङ) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त नगरेको,

अन्य प्रचलित कानूनले अयोग्य नभएको ।

आवेदनका साथ पेश गर्नुपर्ने कागजातहरु

कार्यकारी प्रमुखको पदमा नेपाल पर्यटन बोर्ड ऐन २०५३, समेत बमोजिम योग्यता पुगेका उम्मेदवारले देहायका कागजात पेश गर्नुपर्नेछ
क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ख) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि,

ग) पर्यटन क्षेत्रमा प्राप्त गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपि,

घ) नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि गर्नुपर्ने क्रियाकलापहरू समेटिएको पाँच हजार शब्दमा नबढ्ने गरी चार वर्षको व्यवसायिक कार्ययोजना

ङ) विभागीय जिम्मेबारीमा भएको अवस्थामा उम्मेदवारले विभागीय स्वीकृति प्रदान भएको पथ समेत पेश गर्नुपर्नेछ।

च) दरखास्तसाथ उम्मेदवारले देहायको व्यहोरा स्वयं घोषणाको विवरण स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछः

१) कुनै राजनीतिक दलको सदस्य नरहेको,

२) बोर्डसँगको कारोबार का पट्टा वा बोर्डको कामसँग सम्बन्धित विषयमा निजी स्वार्थ

३) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मान र बेचविखन, लागू औषध कारोबार पुरातात्विक वस्तु वा संरक्षित बन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा

४) टाट पल्टेको था बेइमानीमा जनसामान्याको एवं दामासाहीमा नपरेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज