काठमाडौं। १० जना नवनियुक्त जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको आइतबार पदस्थापन गरेको हो ।
पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दिपक घिमिरे र फणेश्वरी घिमिरे रहेका छन् ।
कोइरालाको जिल्ला अदालत धनुषामा पदस्थापन भएको छ भने बुढा जिल्ला अदालत बारा, भण्डारी जिल्ला अदालत सर्लाही, आचार्य जिल्ला अदालत पर्सा, रेग्मी जिल्ला अदालत रौतहट, पाण्डे जिल्ला अदालत सिराहा र थापाको जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन भएको छ ।
त्यस्तै दीपक घिमिरे र फणेश्वरी घिमिरेको बाँके र महोत्तरी जिल्ला अदालतमा पदस्थापन भएको छ । कार्कीको जिल्ला अदालत काठमाडौँमा पदस्थापन भएको छ ।
बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशहरुलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यस्ता छन नवनियुक्त्त १० जना जिल्ला न्यायाधीशहरु