सुदूरपश्चिम प्रदेशसभाकी सांसद इन्दिरा गिरी पदमुक्त

धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाका सुदूरश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गरिएको छ । नाउपाकाकी अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा सांसद पदबाट फिर्ता बेलाउन गरिएको पत्राचारका आधारमा सभामुख भीम भण्डारीले नाउपा सांसद गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद निवार्चित गिरीलाई सांसद पदबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष रञ्जिताले चैत्र २१ गते सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएकी थिइन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किएपछि पार्टीका सांसदहरु दुई समूहमा विभाजित भएका थिए । इन्दिरासहित पाँच सांसद संरक्षक चौधरीको पक्षमा थिए भने अन्य दुई सांसद श्रेष्ठको पक्षमा थिए । रेशम पक्षमा लागेको र मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएकी भएपनि पाँचै जनाले मानेका थिएनन् । त्यसपछि अध्यक्ष श्रेष्ठले सांसद गिरीलाई सांसद पदबाट फिर्ता बोलाउन सभामुखलाई पत्रचार गरेकी थिइन ।

सभामुख भण्डारीले राजनीतिक दल सम्बन्धी ऐन ०७३ दफा ३५ बमोजिम प्रदेश सभा सदस्य पदबाट फिर्ता बोलाइएको पत्र सोमबार प्रदेश सभा सचिवालयमा टाँसेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज