सबै कालखण्डका भ्रष्टाचार छानबिनको माग गर्दै कांग्रेसद्वारा संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । नेपाली कांग्रेसले सबै कालखण्डका भ्रष्टाचार छानबिन गर्न जाँचबुझ आयोगको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको प्रस्ताव र सांसदहरू बद्री पाण्डे र जीवन परियारको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो ।

चैत २३ गते प्रतिनिधि सभामा दर्ता भएको उक्त प्रस्तावमा सांसदहरूले सबै कालखण्डको भ्रष्टाचार र सार्वजनिक पद धारणा गरेका वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मका जनप्रतिनिधि, सरकारी र सार्वजनिक संस्थामा काम गरेका कर्मचारी, नियुक्ति पाएका अधिकारीहरूको सम्पत्ति छानबिनको माग गरेका छन् ।

उक्त प्रस्तावमा सार्वजनिक पद धारण गरेका व्यक्तिको परिवारको सम्पत्ति पनि छानबिनको दायरमा ल्याउनुपर्ने माग गरिएको छ । प्रस्तावमा २०५८ सालमा सार्वजनिक पद धारणा गरेका व्यक्तिमाथि छानबिन भएर पनि प्रतिवेदन सार्वजनिक नभएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न र जाँचबुझ आयोग ऐन, २०२६ अनुसार अधिकार सम्पन्न आयोग बनाएर सार्वजनिक पदमा बसेकाहरूमाथि छानबिन गर्न जाँचबुझ आयोग बनाउन माग गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज