काठमाडौं । लोकेसेवा आयोगले १७ जना कर्मचारीको बढुवा गरेको छ भने नयाँ कर्मचारीको लागि आवदेन माग पनि गरेको छ । लोकसेवाले धनकुटा, काठमाडौं, खोटाङ, इलाम, पोखरा, बुटवल, दाङ, र महेन्द्रनगरका कर्मचारीको बढुवा गरेको छ ।
लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदका लागि लिखित परीक्षाको विज्ञापन आह्वान गरेको छ ।
यसैगरी आयोगले प्राविधिकतर्फको खरिदार वा सो सरहको पदमा बढुवाको सूचना निकाल्नुका साथै परीक्षा कार्यक्रम नतिजा प्रकाशनसम्बन्धी सूचना समेत प्रकाशित गरेको छ ।