भोलि ईद उल फित्रका अवसरमा सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सरकारले भोलि सार्वजनिकबिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिएको हो ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान्) का नाममा नमाज गर्ने इस्लाम परम्परा छ । इस्लामिक पात्रोअनुसार मनाइने ईद सबैभन्दा ठूलो पर्वमध्ये हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । यो पर्वका अवसरमा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज