निलम्बन फुकुवा माग गर्दै संसद सचिवालयमा काँग्रेस सांसद गुरुङको निवेदन

काठमाडौं। सर्वोच्च अदालतले संघीय संसद् सचिवालयको निर्णय बदर गरिदिएपछि नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले आफ्नो निलम्बन फुकुवाको माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

गुरुङविरुद्ध २०७५ माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । मुद्दा अदालतमा विचाराधीन रहेका बेला गुरुङले ०७९ मंसिरको प्रतिनिधिसभा चुनाव लडे र जितेका थिए । तर अख्तियारले अदालतमा विचाराधीन मुद्दा अन्तिम किनारा नलागेसम्म गुरुङस्वतः निलम्बनमा हुनुपर्ने बताउँदै संसद् सचिवालयलाई पत्र लेखेको थियो । उक्त पत्रका आधारमा मनाङबाट निर्वाचित सांसद गुरुङलाई संसद् सचिवालय २०७९ पुस १२ गते निलम्बन गरेको थियो । निलम्बनका विरुद्ध गुरुङ सर्वाेच्च पुगेका थिए ।

निर्वाचन आयोगले उम्मेदवारी सदर गरेर निर्वाचित भइसकेको अवस्थामा अख्तियारले लेखेको पत्र र त्यसका आधारमा संघीय संसद सचिवालयले गरेको निर्णय त्रुटिपूर्ण भएको ठहर गर्दै सर्वाेच्चका न्‍यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले चैत १६ गते गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको निर्णय बदर गरिदिएको थियो ।

संसद् सचिवालयका अनुसार गुरूङले संसद बैठकमा सहभागिता जनाउन पाऊ र सेवा सुविधा सुचारु गर्न समेत अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज