नाउपाका सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले ३ महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई निलम्बन गरिएको जानकारी दिएकी थिइन ।

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज