रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटीले सडक दुर्घटना बढ्योः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने वर्तमान परिपाटी गलत भएको बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । 

रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्ने बताउँदै उनले  रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको बताए । उनले भने, हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उत्तीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । ‘म त भन्छु रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न गर्नुपर्छ । 

सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा धेरै सडक दुर्घटना बढेको दाबी गर्दै गृहमन्त्री लामिछानेले भने, रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटीले आज के भएको छ ? स्किल नभएकाले सवारी साधन चलाउँदा धेरै सडक दुर्घटना बढेको छ । सुधारको लागि हामीले जरोमा जानुपर्छ । लाइसेन्स दिने प्रक्रियालाई सुधार गरेर जानुपर्छ । त्यसमा निर्मम भएर कडाइका साथ पालना गराउनुपर्ने हुन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज