१. चेक भन्नाले माग्नासाथ भुक्तानी दिनुभनि कुनै बैंक उपर खिचिएको विनियम पत्रलाई सम्झनु पर्छ । विनिमय पत्र भन्नाले फलाना मितिमा वा यति अवधिपछि वा मागेका बखत सो पत्रमा लखिएको कुनै खास व्यक्तिलाई वा निजले अराएकोलाई वा सो पत्र लिई आउनेलाई र यति रुपैया दिनु भनी एकले अर्कोलाई विना शर्त निर्देश गरी दस्तखत गरिदिएको लिखतलाई सम्झनु पर्छ । (विनिमय अधिकारपत्र ऐन, २०३४)
२. चेक पाउने व्यक्ति र चेक धारकले उक्त चेकबाट रकम झिक्न छ महिना भित्र सम्बन्धित बैंक समक्ष चेक प्रस्तुत गरेको हुनु पर्दछ । यसरी चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनु अनिवार्य हुन्छ । अन्यथा सो अवधि गुज्रे पछि बैंकले त्यस्तो चेकको भूक्तानी दिन बाध्य हुँदैन । यसरी कुनै व्यक्तिले दिएको चेक बैंकबाट भूक्तानी भएन भनें चेक अनादर वा वाउन्स भएको भनिन्छ । (ऐको दफा ५३)। एक पटक चेक जारी गरे सके पछि खातावालाले खाता बन्द गर्दैमा चेक वाउन्स रोकिन्न ।
३. चेक अनादर भएमा चेक धारकलाई चेकमा उल्लेखित रकम र ब्याज समेत चेक काट्ने व्यक्तिबाट भराई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। (ऐको दफा १०७ क)
४. आफ्नो खातामा मौज्दात रकम नभएको जानी जानी चेक काटी दिनेलाई तीन महिना कैद बिगो भराउने र बिगो बमोजिम जरिवाना गर्ने सजायको व्यवस्था रहेको छ । (बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ ग) । यसमा ब्याजको सन्दर्भ छैन ।
५. यसरी चेक धारकलाई विनिमय अधिकारपत्र ऐन २०३४ अथवा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ मध्ये कुनै एक मार्फत न्याय पाउन कानूनले दुई वटा मार्ग प्रदान गरेको छ ।