चिकित्सा शिक्षा आयोगले कारबाही सिफारिस गरेकामाथि छानबिन गर्न शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र

काठमाडौं । शिक्षा मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गर्ने निर्णय गरेको छ । प्रतिवेदन सार्वजनिक गरेर प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सोमबार मन्त्रीस्तरीय निर्णय भएको हो ।

शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयका अनुसार, प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गर्न आजै अख्तियारलाई पत्राचार गरिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ६ वर्ष अघि सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो । तर सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरी गोप्य राखिको थियो । शिक्षा मन्त्री सुमना श्रेष्ठको पहलमा चैत २८ गते उक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, हीराबहादुर महर्जनसहित ४३ जनालाई कारबाही सिफारिस गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज