सहकारी ठगिमा पक्राउ परेका दिपेश पुन भन्छन, जिबीले थाहै नदिइ सचिव बनाए

सहकारी ठगीमा पक्राउ परेका दिपेशकुमार पुनले प्रहरी समक्ष सहकारीमा आफ्नो संलग्नता नरहेको र जीबी राईले झुक्याएर आफूलाई सहकारीको सचिव बनाएको बयान दिएका छन् । 

यस्तो छ उनको बयान

म बाल्यकालदेखि नै राजनीतिक र सामाजिक क्षेत्रमा व्यस्त र सक्रिय रहँदै आएको छु, देशमा राजनीतिक परिवर्तन सगै २०७२ सालमा बनेको संविधानमा देशको तीन खम्बे आर्थिक नीति ९सरकार, सहकारी र निजी क्षेत्र० को बारेमा अध्ययन गरेको थिएँ। सोही क्रममा सहकारीप्रति मैले अध्ययन गरेको जाने बुझेसम्म सकारात्मक रूपमा आत्मसाथ गर्दै नेपालको न्यून आर्थिक अवस्था वा कमजोर आय भएका ग्रामिण क्षेत्रमा छरिएर रहेका व्यक्तिहरूको आर्थिक जीवनस्तर वृद्धि गर्दै जनतालाई आत्मनिर्भर उद्यमशील बनाउँदै आर्थिक र सामाजिक परिवर्तनको लागि सहकारीले सहयोग पुऱ्याउन सक्छ, यसको लागि सहकारी अभियानलाई अगाडि बढाउनुपर्छ यसको लागि हामी जस्ता राजनीतिक, सामाजिक कार्यमा सक्रिय युवाहरूले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा राम्रो सहकारी अभियानलाई साथ दिनुपर्छ भन्ने सकारात्मक धारणा रहँदै आएको थियो।

यसै क्रममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रूपमा बोलाइएको थियो। उक्त कार्यक्रममा मैले सहकारीप्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोही अनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिएँ भने उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरू, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरू सहकारी विभागका आधिकारीक प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व, बुद्धिजिवीहरू तथा पत्रकारहरू उपस्थित हुनुहुन्थ्यो।

उपस्थित वक्ताहरूले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरूलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए भने मैले पनि अतिथिको रूपमा उपस्थित भएपश्चात् सहकारीको बारेमा मैले जाने बुझेसम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिएँ, म अन्य कार्यक्रममा उपस्थित हुनको लागि कार्यक्रम समापन नहुँदै बिदा भई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरूको उपस्थितिको माइन्युट रजिष्टरमा हस्ताक्षार गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराइएको अतिथिको उपस्थित रजिष्टरमा हस्ताक्षत गरी म बिदा भई निस्केको हुँ। मैले उक्त सहकारीको रकम हिनामिना गरेको छैन, म एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको हुँदा अतिथिको रूपमा निमन्त्रणा गरेको हुँदा म सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा अतिथिको हैसियमा उपस्थित भई आफ्नो मन्तव्य दिई उपस्थितिको रजिष्टरमा हस्ताक्षार गरेको सम्म मलाई याद छ अन्य कुराहरू मलाई याद भएन।

सचिवको वा अन्य के कसोमा हस्ताक्षार देखिएको हो मलाई याद भएन। कार्यक्रम सकिएको करिब २ महिनापछि संस्थाका कार्यकारीले मलाई फोन गरी तपाईंको आफ्नो प्रदेश र प्रदेशको राजधानी पनि भएको ठाउँ तपाईंको आफन्तहरू पनि बुटवलमा धेरै भएको हुँदा बुटवलमा संचालित सुप्रिम बचत तथा ऋण सहकारी सस्था धेरै राम्रो र बुटवलकै स्थापित सहकारी सबैको आकर्षण रूपमा रहेको यस संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई) ले तपाईंलाई सचिवको रूपमा राखिदिनु भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौँ भन्ने जानकारी गराएका थिए।

मैले गितेन्द्र बाबु राई, अन्य परिवार र साथीभाईहरूसँग सल्लाह गरी खबर गरौंला भनेको थिएँ, उक्त खबर पाए पश्चात मैले गितेन्द्रबाबु राई सँग यो विषयमा कुरा गर्नको लागि धेरै पटक सम्पर्क र भेट गर्न खोज्दा भेट हुन सकेन र मैले सहकारी दर्ता अधिकारीको कार्यालयमा मेरो नाममा सचिवको रूपमा नाम राखी पठाएका छन् भन्ने जानकारी पाएपश्चात् मैले परिवार र साथी भाइहरूसँग सल्लाह गर्दा मलाई सबैले तपाईं राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुने व्यक्ति भएको हुँदा तपाईं रुपन्देही स्थायी बासिन्दा पनि होइन र तपाईं कानूनतस् रूपन्देहीमा रहेको सहकारीमा संचालक समिति हुन मिल्दैन भन्ने कुरा भएपश्चात् मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्थाप्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ मैले राजीनामा बुझाएको केही महिनापछि कोभिड-१९ को कारणले गर्दा उक्त संस्थाका जिम्मेवार व्यक्तिहरूसँग भौतिक भेट हुन सकेन। कोभिड-१९ को बीचमा संस्थाका कार्यकारीसँग फोन गरी बुझ्दा तपाईंको राजीनामा भइसकेको छ। कोभिड-१९ को कारणले गर्दा संचालक र कर्मचारीसँग भौतिक भेट भएको छैन तपाईंको राजीनामा जुन दिन साधारण सभा हुन्छ सोही दिन तपाईंले राजीनामा दिएको मितिदेखि नै स्वीकृत हुने गरी अनुमोदन हुन्छ। तपाईंको यसमा कुनै पनि आर्थिक र कानुनी दायित्व हुँदैन र राजीनामा अनुमोदन जानकारी सहकारी विभागलाई दिन्छौं। तपाईंले सचिव भई कुनै पनि निर्णय गर्नु भएको पनि छैन र तपाईं सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उपस्थित भई काम पनि गर्नु भएको छैन। पिर नगर्नु होस भनेका थिए।

सोपश्चात् मैले यस संस्थाप्रति मेरो कुनै जानकारी र चासो राखिनँ, पछि मेरो राजीनामा साधारण सभाले अनुमोदन गरी सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको भन्ने जानकारी गराएका थिए, मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की रकम तीन लाख लिएको होइन, उक्त पेस्की भौचरमा बुझिलिनेमा भएको दस्तखत मेरो होइन भने पेस्की भौचरमा भएको नाम दिपेश पुन रहेको र मेरो नाम दिपेश कुमार पुन भएको हुँदा नाम समेत फरक छ।

मेलै कुनै सेयर लगानी गरी बचत तथा ऋण खाता समेत खोलेको होइन। मेरो नामको खातामा देखिएको रकमको बारेमा मलाई जानकारीसम्म छैन र कुनै रकम मेलै लिएको पनि छैन।

यस संस्थाबाट मैले अन्य कुनै रकम लिने दिने गरी साक्षी सिफारिस, कारोबर तथा निर्णय गरेको छैन र यस संस्थाबाट ऋण लगानी भएका कुनै व्यक्ति तथा कम्पनीहरूसँग म व्यापारिक साझेदार समेत छैन भन्ने समेत व्यहोराको प्रतिवादी दिपेशकुमार पुनको बयान।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज