काठमाडौं । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय पाएर पनि फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा सर्वाेच्चको आदेशबाट छुटेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो ।
लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भइ ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । लामा फरार सूचिमा थिए ।
लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । लामाले सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएका कारण उनलाई विहिबार तारेखमा छाडिएको हो ।