पर्यटन बोर्डको कार्यकारी छनोट प्रक्रिया कानून विपरीत, सीईओमा आवेदन दिइसकेको हकमा के हुन्छ ?

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया कानूनसम्मत नभएको र पदपूर्ति सिफारिश कार्यविधिसमेतले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै कर्मचारीले तत्काल रोक्न माग गरेका छन् ।

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले बिहीबार बोर्ड अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै बोर्डको सीईओ छनोट विधिसम्मत नभएको भन्दै ध्यानाकर्षण समेत गराए ।

बोर्ड कर्मचारी युनियले सीईओ छनोट प्रक्रियाले पालना गर्नुपर्ने प्रावधान पालना नगरेको भन्दै पर्यटन सचिवलाई ज्ञापनपत्र बुझाएका हुन् । बोर्ड कर्मचारीले कानूनसम्वत सीईओ छनोट प्रक्रिया अगाडि बढाउन पनि माग गरेका छन् ।

बोर्ड कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रले उक्त ज्ञापनपत्र विहीबारै पर्यटन सचिवलाई बुझाएको बोर्डले जानकारी दिएको छ ।बोर्डका कर्मचारीले सीईओ छनोट कार्यविधि विपरित छनोट समिति बनेको बताएका छन ।

सर्वोच्च अदालतको नजिर विपरित पर्यटन बोर्डमा मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका बोर्ड सदस्यले सीईओ छनोट गर्दै गरेको, सीईओ छनोट उपसमिति समेत पर्यटन बोर्ड ऐन २०५३ विपरीत भएको उल्लेख छ । सीईओ छनोट उपसमितिले बनाएको कार्यविधि पनि बोर्ड ऐन अनुसार नभएको भन्दै कर्मचारीले रोक्न र पुनः प्रक्रिया पूरा गरे कानूनसंगत सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाउनमा माग गरेका छन् ।

बोर्डका सदस्य मिलन देवकोटा, मदन आचार्य र पर्यटन मन्त्रालयका सहसचिव चक्र बुढाको समितिले सीईओ छनोट गर्दै छ । बोर्डको सीईओ छनोट उपसमितिले मागेको आवेदन अनुसार बोर्डमा २० जना आवदेनकले सीईओका लागि आवेदन समेत दिएका छन ।

पर्यटन बोर्डका एक सदस्यका अनुसार कर्मचारीको अन्तुष्टिपछि बोर्ड अध्यक्ष तथा पर्यटन सचिवले चाहेको अवस्थामा उक्त प्रक्रिया रोकिन सक्छ । अन्यथा अदालतमा मुद्दा परेको अवस्थामा बोर्डको सीईओ छनोट प्रक्रिया रोकिन सक्छ । यदि अहिलेकै उपसमितिले बोर्डको सीईओ छनोट गरेको अवस्थामा अवैध समिति र सदस्यको पद अदालतको आदेशले खोसिनसमेत सक्छ ।

अदातलमा मुद्दा परेको अवस्थामा कानून संगत नभएको कामलाई रोक्न सक्ने बुझाई बोर्डका ती सदस्यको छ । अन्यथा सीईओ छनोट प्रक्रिया अगडि बढीसकेको र चैतभित्रै छनोट गर्नेपर्ने उपसमितिको बाध्यताका बीच सीईओ छनोट भने हुन सक्ने पनि बोर्डकै कर्मचारी बताउँछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज