काठमाडौं । नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पौडेललाई मुद्दाको किनारा नलागेसम्मका पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको हो ।
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलिवरुद्ध वैशाख ९ गते २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ विगो कायम गरीविशेष अदालत मुद्दा दायर गरेको थियो । विशेष अदालतले पौडेललाई पेमेण्ट गेट वेको उपकरण र परामर्श सेवा खरिद प्रकरणमा गत शुक्रबार दोषी ठहर गरिसकेको छ । उनीविरुद्ध सरकारको अनुमति बिनानै सिंगापुरमा डलर खाता खोलेको र घुसवापत्को आर्जित सम्पत्ति उतै व्यवस्थापन गरेको लगायतका प्रमाणहरु भेटिएको थियो ।
अदालतको आदेशपछि पौडेललाई बुधबार नै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।