विराटनगर । व्यवसायी व्यवसायी बीच विश्वासका आधारमा बस्तु तथा सेवाको व्यापार गर्दा हुने उधारो लेनदेनलाई नियमन गर्ने कानूनको अभावमा भएको भन्दै कोशी प्रदेशका उद्योगी व्यवसायीले उधारो कारोबार नियमनका लागि कानून निर्माण गर्न सरकार समक्ष माग गरेका छन् ।
बजारबाट उधारो रकम असुली नहुँदा उद्योग व्यवसाय चौपट भएको र समस्या विकराल बन्दै गएको भन्दै उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ र कोशी प्रदेशका जिल्ला र नगरस्तरीय डेढ दर्जन उद्योग वाणिज्य संघले यस्तो माग गरेका हुन ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उधारो कारोबार नियमन गर्न कानूनको जरुरी भएको बताए । बित्तीय संस्थाले उद्योगी व्यवसायीलाई ऋण लगानी गर्दा धितो राख्ने र ऋण नतिर्दा त्यही धितो लिलामी गरेर असुली गर्ने प्रचलन छ । सुरानाले भने, ुतर उद्योगले आफ्नो उत्पादन बजारमा धितो विना नै उधारोमा पठाउनुपर्ने बाध्यता छ । व्यवसायीले उधारो नतिर्दा उद्योगले उधारो असुली गर्ने विकल्पै नहुँदा उधारो असुली कानूनको आवश्यक देखियो ।
उनका अनुसार कोशी प्रदेशका उद्योगको बजारमा ७ अर्ब भन्दाबढी उधारो असुली हुन बाँकी रहेको अवस्था छ । यो उद्यारो रकम असुली नहुँदा अधिकांश उद्योग बन्द हुने स्थितिमा पुगेका छन् ।
भारतमा उधारो कारोबार व्यवस्थापनकाकानूनी व्यवस्था रहेको उल्लेख गर्दै सुरानाले नेपालमा पनि उधाराृ कारोबार व्यवस्थापनका लागि यस्तै प्रकृतिको कानूनी व्यवस्था आवश्यक छ । कानूनी व्यवस्था भए आर्थिक संकटमा पुगेका उद्योगलाई राहत पुग्ने बताए ।