बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन उच्च अदालत विराटनगरको आदेश

विराटनगर । चतराधामका सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । शुक्रबार न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले यस्तो आदेश गरेको हो ।

जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो । सो पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार मुद्दाका प्रत्यर्थी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो । 

काठमाडौँबाट आएकी एक महिला अनुयायीले सुनसरीको चतरास्थित आश्रममा २०७६ कात्तिक ४  गते राति साढे १२ बजे गिरीले आफ्नो कुटीमा बोलाएर आफूलाई जबर्जस्ती करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते मा प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् । उक्त मुद्दामा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले २२ मंसिर २०७७ र २७ भदौ २०८० मा गिरीलाई सफाइ दिएको थियो । त्यसपछि परेको पुनरावेदनमा उच्च अदालत विराटनगरले पुनः प्रमाण बुझेर फैसला गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसपछि २०८० भदौ  २७ गते जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले पनि गिरीलाई सफाइ दिएको थियो ।

अदालतमा गिरीले महिलासँग गरेको संवादलाई अडियो प्रमाणको रुपमा पेश गरिएको थियो । तर अडियो रेकर्ड परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै जिल्ला अदालतले गिरीलाई सफाइ दिएको थियो । गिरीले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

अदालतको आदेशमा भनिएको छ, प्रतिवादी सिद्धबाबाको स्वर रहेको भनिएको अडियो रेकर्ड अनुसन्धान अधिकारीले प्रतिवादीको ओरिजिनल अडियो रेकर्ड बरामद गरी फरेन्सिक जाँचका लागि पठाएको देखिदैन, जाहेरवालीले नियोजित रुपमा प्रतिवादीको भ्वाइस रेकर्ड गरेर आफू अनुकूल इडिट गरी अडियो रेकर्ड प्रहरीलाई उपलब्ध गराई सोही अडियो रेकर्डलाई जाँच गर्न पठाएको देखिन्छ यसरी जाहेरवाली र प्रतिवादीबीच भएको भनिएको अडियो रेकर्ड जाँच गरी प्राप्त प्रतिवेदनलाई भरपर्दो र विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन ।

बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका गिरी र वादी सरकारी वकिलको कार्यालय दुवैले जिल्ला अदालतको आदेश कानुन सङ्गत नभएको दाबी गर्दै उक्त आदेशविरुद्ध उच्च अदालत विराटनगर पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज