काठमाडौं । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीको तिलोत्तमा नगरपालिका २ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरुषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाइ फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका ३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फाजुले ती बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।