काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले किर्ते गरि दुईवटा नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सोमबार जाहेरी दर्ता भएको छ ।
जिप्रका धनुषका प्रवक्ता डीएसपी रञ्जन अवाले कानुन खबरसँग कुरा गर्दै सिरोहिया विरुद्ध दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता भएको पुष्टि गरे ।
सिरोहियाले विभिन्न निकायमा पेस गरेको नागरिकता नम्बर फरक फरक रहेको भन्दै जाहेरी परेको बताइएको छ । प्रवक्ता अवाले जाहेरी माथि छानविनको प्रक्रिया अगाडि बढाइएको बताए ।