दुइटा नागरिकता नलिएको भन्दै कैलाश सिरोहियाले निकाले विज्ञप्ति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूले दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषामा उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भनेर जाहेरी परेपछि सिरोहियाले आफूले २०३४ सालमा नागरिकता र २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको दावी गरेका छन् ।

विज्ञप्तिमा उनले नागरिकताका विषयमा उजुरी परेको भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएको छन् । उनले भनेका छन्, मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ। जसमा २०३३/३४ को प्रतिलिपिअनुसार भनेर स्पष्ट उल्लेख छ। नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन,’ उनले भनेका छन्।

आफूभन्दा पछि कसैले लिएको नागरिकताको नम्बर आफ्नोसँग मेल खाएको कुरा आफ्नो जिम्मेवारी नहुने बताउँदै उनले विज्ञप्तिमा भनेका छन्, २०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन ।

सम्बन्धित समाचारः

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीमा जाहेरी दर्ता 

https://www.kanunkhabar.com/khabar/15255

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज