लगानी भित्र्याउन गरिएको लगानी सम्मेलन लगानी आब्हानै गरेर सकियो

काठमाडौं । सरकारले लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन लगानी आब्हानै गरेर सकिएको छ । नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन सकिएको हो ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेर सुरु गरेको सम्मेलन सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताए ।

यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ । कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भएको लगानी बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए ।

आइतबारदेखि सुरु भएको सम्मेलनका दौरान विभिन्न साइडलाइन वार्ता तथा बीटूबी मिटिङहरू भएका थिए । सम्मेलनका दौरान विभिन्न स्वदेशी कम्पनीहरूले विदेशी लगानी भित्र्याउन सम्झौता तथा समझदारीहरू गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज