२८ करोड कर छलीको झुटो मुद्दामा पाटन उच्च अदालले उमाशंकरलाई दियो सफाई

काठमाडौँ । पाटन उच्च अदालले २८ करोड राजस्व छलीको झुट मुद्दा लागेका बारा परवानीपुरका उमाशंकर रायभरलाई सफाइ दिएको छ । न्यायाधीशहरू दिपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार उनलाई सफाइको फैसला गरेको हो ।

अदालतले रायको २८ करोड राजस्व छली गरेको प्रकरणमा रायभरको नागरिकता र हस्ताक्षर दुरुपयोग गरि नक्कली कम्पनी खडा गर्ने सर्लाहीका सरोजकुमार मिश्र लगायतलाई दोषी ठहर गरेको छ ।

रायभरको नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी सर्लाहीका सरोजकुमार मिश्रले खोलेका ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्सले करिब २८ करोड रुपैयाँ राजस्व छली गरेको थिए । कम्पनी रायभरका नाममा पाइएपछि राजस्व अनुसन्धान विभागले रायभरविरुद्ध झन्डै २८ करोड रुपैयाँ बिगोसहितको राजस्व छलीको फौजदारी मुद्दा दायर गरेको थियो । विभागले चार वर्षअघि उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा रायभर दुई कम्पनीका मालिक देखिएका थिए । जसमध्ये ब्लु क्रस ट्रेडर्सबाट १५ करोड ८७ लाख र जेन सप्लायर्सबाट १२ करोड ३ लाख रुपैयाँ गरी २७ करोड ९० लाख ५१ हजार रुपैयाँ कर छलेको अभियोग उनीमाथि लगाइएको थियो । यो रकम जरिवानासहित असुलउपर र पाँच वर्षसम्म जेल सजाय हुनुपर्ने माग राजस्व विभागले दायर गरेको मुद्दामा उल्लेख थियो । झुटो मुद्दाका कारण करिब एक वर्ष थुनामा बसेका रायभर केही समय अगाडी धरौटीमा रिहा भएका थिए ।

निकै दयनिय आर्थिक अवस्थाका रायभरले यी कम्पनीको राजस्व छली गरेको र त्यसबाट कुनै पनि प्रकारको लाभ लिएको तथ्य प्रमाणित नभएपछि अदालले उनलाई सफाइ दिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज