काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । मुद्दाको पुनरावलोकनले प्राथमिक्ता पाएपनि हेर्न नमिल्नेमा परेको हो ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अघिल्लो पेसीमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिएका थिए। त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो। आइतबार उच्च अदालतले पेसी पहिलो नम्बरमै परेपनि उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए ।
अब मुद्दा कम्तीमा अर्को साताका लागि सरेको छ। यससँगै टी २० विश्वकप क्रिकेटमा खेल्न जाने लामिछानेको सम्भावना सकिएको छ ।