नयाँ सेवाप्रदायक थपिदैँ गर्दा व्यवस्थापन मिलाउनै सकस

काठमाडौं । नेपालमा राइडिङ शेयरिङ शुरु भएको ७ वर्षसम्म कानून बनेको छैन । नयाँ सेवाप्रदायक थपिदैँ गर्दा व्यवस्थापन मिलाउन भने सकस हुँदै गएको छ । बजारमा अहिले दर्जनौ राइडिङ शेयरिङ छन । यसमध्ये पठाओ र इनड्राइवको बजारमा बलियो पकड छ ।

राइडिङ शेयरिङको बढ्दो प्रयोगसँगै नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलोपटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेपछि निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु कार्य सुरु भएको थियो । त्यतिबेलादेखि नै माग भएपनि अहिलेसम्म संघीय ऐनमा नै निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउने व्यवस्था भएको छैन ।

सरकारले भने प्रविधिको प्रयोग भन्दै यो सेवालाई प्रतिबन्ध लगाएको छैन । बेला–बेलामा हुने धरपकड र कारवाहीले राइडर र सेवाग्राही भने पीडित छन् । पछिल्लो सयममा अफलाइन राइड लिने क्रम झांगिएकाले सेवमा अनेकन समस्या देखिएका छन् । अफलाइन गर्दा कमिसन दिनु नपर्ने र सवारी चालकलाई लाभ बढी त हुन्छ तर जोखिम भने बढी हुन्छ । कानूनी व्यवस्था स्पष्ट नभएका कारण सेवाग्राही पनि मारमै छन् ।

प्रदेशहरुले भने यसबारे कानुनी व्यवस्थाहरु गरेपनि संघीय कानुनको अभाव र व्यवस्थापनको कमजोर योजनाका कारण समस्या भएको छ ।

इन्ड्राइभको औपचारिक शुरुवात

राइड सेयरिङ एप ‘इन्ड्राइभ’ सोमबारदेखि औपचारिक रुपमै नेपालमा प्रवेशको घोषणा गरेको छ । करिब ३ वर्ष सेवा दिइसकेपछि अमेरिकन इन्ड्राइभ औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता भएर वैधानिक रूपमा  सेवामा आउन थालेको हो ।

इन्ड्राइभ दर्ता नभई सञ्चालन भइरहेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा राइडरहरुलाई रोक्ने र कारवाही गर्ने क्रम तीव्र भएको थियो । पटक–पटक  औपचारिक रुपमै दर्ता गरेर सार्वजनिक हुने बताए पनि इन्ड्राइभले प्रक्रिया पछ्याएको थिएन ।

यसले गर्दा सेवाग्राही जोखिम लिएर इन्ड्राइभ प्रयोग गर्न बाध्य भएका थिए भने पठाओ पनि यसबाट प्रभावित भएको थियो । सोमबार भने इन्ड्राइभले कम्पनी दर्ता गरेपछि आफ्नो सेवा औपचारिक रुपमै सुरुवात गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज