अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा तेजराम चौधरी पक्राउ

काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौधरीले अमेरिका पठाउने भन्दै चार जनाबाट १ करोड १८ लाख रुपैयाँ लिएका थिए । उनीहरुबाट शुरुमा ब्राजिलमा गएर काम गर्ने र त्यहाँबाट अमेरिका जाने भन्दै नक्कली कामदार भिसा बनाएर उनीहरूलाई पठाइएकोमा फिलिपिन्स पुगेपछि त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज