काठमाडौं । पार्टी विभाजन विरुद्ध जसपाले कानूनी लडाई लड्ने भएको छ । विभाजनविरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बुधबार नै बस्दै बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो । तर संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको तर्क गर्दै आएको छ ।
मंगलबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले दल विभाजनविरुद्ध कानुनी उपचार खोज्ने निर्णय समेत गरेको थियो । सो निर्णयलाई आजको केन्द्रीय कार्यकारिणी समितिको बैठकले औपचारिकता दिने छ ।
‘बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ’, प्रवक्ता सुमनले भने, ‘बैठकपछि पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गरिने छ ।’
पार्टी टुक्रिएर नयाँ बनिसकेपछि अदातलतमा जाने तयारीमा रहेको उपेन्द्र यादवले न्याय पाउनला वा नपाउलन भन्ने निक्योल भने अदालतकै फैसलमा निर्भर हुने छ ।