पानीमाथिको ओभानो हुन खोज्दा रविलाई थप जटिलता, महान्याधिबक्तामाथि नै मुद्दा चल्न सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि छानविन हुने र मन्त्री पद फेरि जानसक्ने भएकोले आफैंलाई निर्दोष भएको प्रमाण बनाउन लगाएपछि थप विवादमा तानिएका छन् ।

लामिछाने पानीमाथिको ओभानो हुन खोज्दा थप जटिलता आइपरेको छ भने उनलाई निर्दोष भन्दै सिफारिश गर्ने महान्यायधिवक्तामाथि नै मुद्दा चल्न सक्ने देखिएको छ ।

सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट लिएको पत्र ‘क्लिन चिट’ले थप आशंका उब्जाइदिएको छ । गृहमन्त्री लामिछानेले वैशाख १० मा लेखेको पत्रको जवाफमा सोमबार महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको छ ।

सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका जिल्ला सरकारी वकिल कार्यालयमा बुझ्दा लामिछानेविरुद्ध कुनै उजुरी,जाहेरी, अनुसन्धान तथा अभियोजनसमेत भएको नदेखिएको महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रमा उल्लेख छ ।

सुप्रिम सहकारीको रकम हिनामिनाबारे रुपन्देही जिल्ला अदालतमा प्रस्तुत प्रहरी प्रतिवेदनमा भने लामिछानेले ‘विनाधितो, विनाप्रक्रिया ऋण लिएको’ उल्लेख छ । अनुसन्धान प्रतिवेदनका विभिन्न सात पृष्ठका नौ ठाउँमा नाम भए पनि लामिछानेलाई प्रतिवादी बनाइएको छैन ।

पोखराको सूर्यदर्शन सहकारी पीडितले लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा पूरक जाहेरी दिएका थिए । पीडित बचतकर्ताले रवि लामिछानेको नामै तोकेर थप ४ जना र १४ कम्पनीविरुद्ध गत माघ २२ मा उजुरी दिएका थिए । यसअघि भदौमा जाहेरी परेपछि असोज १८ मा १९ जनाविरुद्ध सहकारी ठगी अभियोगमा कास्की अदालतमा मुद्दा चलिरहेको छ ।

लामिछानेमाथि सूर्यदर्शन सहकारीको बचत अपचलनमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले समेत अनुसन्धान गरिरहेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले कुनै उजुरी, छानबिन र हिनामिनामा संलग्न नरहेको भनी लामिछानेलाई पत्र थमाइनु सत्ताको दुरुपयोग भएको पूर्वमहान्यायाधिवक्ताहरू बताउँछन् ।

महान्यायधिबक्ताले समेत पदको दुरुपयोग गरेको आरोप लागेकोले उनीनलाई पनि कारवाही गर्नुपर्ने र मुद्दा चलाउनुपर्ने राय पूर्व महान्याधिवक्ताहरुको छ ।

महान्यायाधिवक्ता कार्यालयले यसरी झुट कुरा लेखेर पत्र दिँदा पत्र लेख्नेमाथि पनि मुद्दा चल्ने अवस्था बन्छ । ‘कानुनै नमान्ने हो भने त के भन्ने रु कानुन मान्ने हो भने कानुन अनुसार चल्नुपर्यो । कानुन विपरीत काम गर्दा महान्यायाधिवक्तामाथि पनि मुद्दा चल्छ,’एक पूर्वमहान्यायधिवक्ताले भने ।

लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै मंगलबारको प्रमुख दलका शीर्ष नेताको महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र देखाएपछि त्यसले राजनीतिमा थप सन्सनी मच्चाइदिएको छ ।

कांग्रेसले रवि लामिछाने सहकारी ठगीमा मुछिएकाले उनीमाथि संसदीय छानबिन गर्नुपर्ने माग गर्र्दै संसद बैठक चल्न दिएको छैन भने फेरि पनि वैठक अवरुद्ध गर्ने चेतावनी दिइरहेको छ ।लामिछानेले भने प्रहरीका कार्यालयमा परेको उजुरी, महान्यायधिबक्ताको कार्यालय माहतमा परेको उजुरी र प्रहरीकै प्रतिवेदनलाई वेवास्था गर्दै आफूविरुद्ध कुनै उजुरी र मुद्दा मामिला समेत नरहेको स्पष्ट पार्दै कार्यालयले दिएको पत्र देखाएका हुन् ।

लामिछानेले लेखाएको पत्रमा अनुसन्धान अभियोगसम्बन्धी जानकारी उपलबध गराएको छ । लामिछानेले मागेको जानकारीअनुसार सहायक न्यायाधिवक्ता अनुकूल बारकोटीले उपलब्ध गराएको लिखित पत्रमा रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा लामिछानेविरुद्ध कुनै उजुरी तथा जाहेरी। अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यहाँले यस कार्यालयमा जानकारी पाउँ भनी पेश गर्नु भएको दर्ता नम्बर १४०५१ मिति २०८१।०१।१० गतेको निवेदन मागका सन्दर्भमा रुपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था तथा कास्कीको सुर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा यहाँको संलग्नता रहे नरहेको र कुनै उजुरी परेको, अनुसन्धान वा अभियोग पत्र दायर भएको वा नभएको सम्बन्धमा जिल्ला सरकारी वकील कार्यालय रुपन्देही, चितवन र कास्कीमा बुझि पठाउँदा यहाँ उपर हालसम्म कुनै उजुरी/जाहेरी, अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको जवाफ प्राप्त हुन आएकोले सोही व्यहोरा आदेशानुसार अनुरोध गरिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज