काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि विहीबार उनी ५ लाख धरौटीमा रिहा भएका हुन ।
ओडकी श्रीमतीले गत चैत २० गते उनी विरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । उनको उजुरी लगत्तै प्रहरीले ओड विरुद्ध पक्राउ पुर्जि जारी गरेको थियो । सांगितिक कार्यक्रमको सिलसिलामा नेपाल बाहिर रहेका ओडले गत साता इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका थिए ।
ओडलाई प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड नेपाल आइडल सिजन २ का विजेता हुन ।