संसदीय छानविन समिति नबनाएसम्म संसद चल्न नदिने, प्रधानमन्त्रीले विश्वासको मतसमेत नपाउने

काठमाडौं । कांग्रेले उठाएको माग अनुसारकै संसदीय छानविन समिति नबनाएसम्म संसद नचल्ने कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

आइतबार गृह मन्त्री रवि लामिछानेले संसदमा लगाएको आरोप र कांग्रेसमाथि उठाएको प्र्रश्न लामिछानेको आफूलाई चोख्याउनुपर्छ भन्ने आशयको मात्रै भएको दाबी थापाले गरे ।

कांग्रेसले उठाएको माग अनुसार संसदीय समिति नबनाएसम्म संसद नचल्ने र प्रधानमन्त्रीले विश्वासको मतसमेत नपाउने थापाले बताएका छन् ।

थापाले आइतबार साँझ पत्रकार सम्मेलन गरेर कांग्रेसले जुन उद्देश्य राखेर संसदीय छानविन समिति बनाउन खोजेको हो त्यहि अनुसार नभएसम्म संसद अगाडि नबढ्ने बताएका छन् ।

थापाले भने ‘लामिछानेले त मेरो बारेमा छानविन समिति बन्दैन, बन्न हुँदैन भनेर लामिछानेले भन्न खोजे । लामिछानेले गल्ती नगरे सँगै राजनीति गर्ने र गल्ती गरेको देखिए सजायँ भोग्नुपर्छ ।’

थापाका अनुसार लामिछाने मुछिएको सूर्यदर्शन सहकारीकै फाइल पहिला खोल्ने र गोर्खा मिडियामा भएको सहकारीकै पैसाको खोजी हुने दाबीसमेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज