प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीले लिए विश्वासको मत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको बैठकबाट चौथौपटक विश्वासको मत लिएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध गरिरहे पनि जर्वजस्ति प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन ।
सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत प्रक्रियामा  एक सय ५८ सांसद सहभागी हुनुभएको सभामुख घिमिरेले जानकारी गराए ।
कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज